खेल

प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करण शुरु,को को विजेता भए ?

Nav

मेलबर्न । भिक्टोरियाका नेपाली समुदायको प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको ११ औं संस्करण शुरु भएको छ ।

टीडब्लु ब्लेक पार्क प्रिष्टनमा हुने टुर्नामेन्टमा यसपटक ६ टिमको सहभागीता रहेको छ । नेप्लीज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा शुरु भएको टुर्नामेन्टमा द हिमालयन क्लब,सगरमाथा स्टार्स,सगरमाथा रेनेगेड्स,नर्रे किङ्स,ब्रन्सवीक ब्लुज,इष्टर्न वरियर्सले सहभागीता जनाएका छन् ।

टुर्नामेन्टको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । सगरमाथा स्टार्स र सगरमाथा रेनेगेड्सबीचको खेलमा सगरमाथा स्टार्स विजयी भएको छ । पहिले व्याटिङ गरेको सगरमाथा स्टार्सले ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रेको सगरमाथा रेनेगेड्सले ११० रन मात्र जोड्न सकेपछि ४० रनले हार स्वीकार्न बाध्य भयो ।

दोस्रो म्याच द हिमालयन क्लब र इष्टर्न वारियर्सकाबीच भएको थियो । जसमा हिमालयन क्लब विजयी भएको थियो । पहिले ब्याटिङ गरेको हिमालयनले ३ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर बनायो । हिमालयनका लागि भुपराज एक्लैले ९७ रन जोडेका थिए भने भेटेरन सुनाम गौतमले ७५ रन जोडेका थिए । जवाफी ब्याटिङमा उत्रेको इष्टर्न वारियर्सले सबै विकेटको क्षतिमा मात्र ११७ रन जोडेपछि १०६ रनको फराकिलो हार स्वीकार्न बाध्य भयो ।

न्याभ कपको इतिहासकै रोमाञ्चक खेल भने यसपटकको प्रथम चरण अन्तर्गत ब्रुन्सवीक ब्लुज र नर्रे किङ्सबीच भएको तेस्रो म्याच रह्यो । पहिले ब्याटिङ गरेको ब्रुन्सवीक ब्लुजले १६४ रन जोडेको थियो । जवाफमा २० ओभरको म्याचमा नर्रे किङ्सले पनि १६४ रन नै बनाएको थियो । तर नर्रे किङ्स ३ रनले विजेता बन्न सफल भयो ।

प्रतियोगीताको दोस्रो चरणका खेलहरु यही जनवरी ३१ का दिन हुनेछन् । दोस्रो चरणका खेलमा द हिमालयन क्लबसँग स्टार्स,ब्रुन्सवीकसँग सगरमाथा रेनेगेड्स,नर्रे किङ्ससँग इष्टर्न वरियर्स भिड्नेछन् ।

न्याभ कप टुर्नामेन्टलाई यसपटक आरजिआइटीले इभेन्ट पार्टनरका रुपमा सहकार्य गरेको छ । यस्तै कँडेल कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top