एजेन्सी । विश्व स्वस्थ्य संगठन डब्लुएचओले खतरनाक जिका भाइरस पूरै अमेरिका भर फैलन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओले क्यारिवियन तथा उत्तर र दक्षिणी अमेरिकीका झण्डै २१ देशमा जिका भाइरसको संक्रमण फैलिसकेको र अब पूरै अमेरिकामा यसको संक्रमण फैलन सक्ने चेनावत दिएको छ ।

जिका भाइरसका कारण हल्का ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको भित्री भाग सुन्निने जस्ता लक्षण देखा पर्छ । यस रोगका कारण नवजात शिशुको मष्तिश्कको पूर्ण विकास हुन नपाउने चिकित्सकले बताएका छन् । केही देशमा यसबाट बच्नका लागि महिलाहरुलाई तत्काल गर्भवती नहुन सल्लाह पनि दिइएको छ ।

अहिलेसम्म जिका भाइरसका कारण लाग्ने रोगको कुनै उपचार पत्ता लागेको छैन । अफ्रिकी देशबाट जिका भाइरसको संक्रमण सुरु भएको आशंका गरिएको छ । अमेरिकी देशमा पहिलो पटक ब्राजिलमा गएको वर्ष यो भाइरसको संक्रमण देखिएको थियो । अमेरिकामा जिका भाइरसका लागि अनुकुल वातावरण तथा प्राकृतिक प्रतिरोधक कम भएकाले तीब्र गतिमा फैलिएको डब्लुएचओले जनाएको छ ।

जिका भाइरस एडिज लामखुट्टेको टोकाइबाट फैलने गर्दछ । यो लामखुट्टे क्यानडा, चिलीसहितका देशमा पाइन्छ । प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनले यो भाइरस यसरी नै फैलने हो भने एडिज लामखुट्टे पाइने सबै देशमा चाँडै नै पुग्न सक्ने चेतावनी दिएको छ ।

यो भाइरस यौन सम्बन्धका कारण पनि फैलन सक्ने देखिएको अर्गनाइजेसनले जनाएको छ । जिका भाइरसको संक्रमण भएका ८० प्रतिशत भन्दा धेरैमा यसको लक्षण नै नदेखिनु मुख्य समस्या हो । ब्राजितमा गएको अक्टोबरदेखि अहिलेसम्म चार हजार जनामा संक्रमण भेटिएको छ ।

Comments

comments