मोडल

बेलायतको मोडलिङ प्रतियोगीतामा प्रसुनालाई बहुमत

prasunaa

लण्डन । बेलायतमा आयोजित एक अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिताको अनलाइन उपाधि नेपालकी प्रसुना कँडेलले जितेकी छिन् । प्रतिष्ठित प्रतियोगीताको अनलाइन भोटिङ तर्फको उपाधि वेलायतमा कार्यरत नर्स प्रसुनाले जितेकी हुन् ।

रुल द रनवे यूके नामक प्रतियोगिताका सबै प्रतिस्पर्धीले भन्दा ठूलो अन्तरले बढि मत पाएकी प्रसुना महिलाहरु तर्फकी विजेता घोषित भएकी हुन् । सोमबार भोटिङ लाइन बन्द गरिनुभन्दा अघि ४२ हजार बढि मत पाएकी प्रसुनाको निकटतम प्रतिद्धन्द्धीले उनले भन्दा आधा मत मात्र पाएका थिए । यो विधाको विजेता बनेसंगै आउंदो फेब्रुअरी महिनाको २७ तारिखमा अयोजना हुने फाइनलका लागि समेत प्रसुनाले ३ नम्बर क्रेडिट प्राप्त गरेकी छिन ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि अब मुख्य पर्फमेन्स र फेसन शोका माध्यमबाट प्रतिस्पर्धा हुनेछ । त्यसका लागि प्रतिस्पर्धीहरुलाई अन्तराष्ट्रिय स्तरकै फेसन डिजाइनरहरुले तयार गरेका आउटफिटमा उतारेर उत्कृष्ट छनौट गरिनेछ ।

prasuna

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top