एजेन्सी । कुनै पनि देशको राष्ट्रपति वा राष्ट्राध्यक्षको रुपमा उमेर खाएका वा पाको राजनीतिक व्यक्तिलाई कस्तो होस् भन्ने उपेक्षा गरिन्छ होला ? यसमा सबैको बिचार फरक होला तर, क्रोयसियाका नागरिकहरु यस मानेमा भाग्यमानी छन् । त्यहाँका नागरिकहरुले एक हलिउड मोडेल वा अभिनेत्री जतिकै कामुक, सुन्दरी र बुद्धिमान् महिला राष्ट्रपति पाएका छन् ।

सन् २०१५, फेब्रुअरी १९ मा निर्वाचित क्रोयसियाकीे पहिलो महिला राष्ट्रपति कोलिन्डा ग्रेबर राजनीतिमा जति सक्रिय र अब्बल छिन्, उति नै सुन्दर र कामुक छिन् । राष्ट्रपति बन्नअगाडि ग्रेबर क्रोयसियाकी एक सक्रिय महिला राजनीतिज्ञ थिइन् । ४७ बर्षीया कोलिन्डाले ज्याकोभ किटारोभिकसँग सन् १९९६मा विवाह गरिन् । उनीहरुका दुई सन्तान कट्रिना र लुका छन् ।2

कोलिन्डाले सन् २०११ देखि १४ सम्म एनएटीओ संस्थाको उपमहासचिवको रुपमा काम गरिन् । यस संगठनमा पनि उनी महासचिव पदका लागि चुनिकएकी पहिलो महिला नेत्री थिइन् । त्यसअघि उनी सन् २००५ देखि २००८ सम्म क्रोयसियाको विदेशमन्त्री थिइन् भने सन् २००८ देखि २०११ सम्म अमेरिकाका लागि क्रोयसियाली राजदूतको रुपमा काम गरिन् ।3

यी सबै जानकारीले उनी एक कुशल राजनीतिज्ञ हुन् भन्ने बुझिन्छ । उनको राजनीतिक कार्य–कुशलता तथा पृष्टभूमि र व्यक्तिगत जीवनशैलीलाई हेर्दा सामान्यतया अन्य देशका राष्ट्राध्यक्षभन्दा फरक छैनन् । उनका यी तस्वीरहरु हेर्दा यी सुन्दर र कामुक महिला एक राजनीतिज्ञ र राष्ट्रपति हुन् भन्ने पत्याउन गाह्रो हुन्छ ।

Comments

comments