मेलबर्न । सकुन्तला अर्याल अन्य युवा पुस्ता जस्तै फेसनप्रति सचेत युवतीमा पर्छिन् । समय र मुड अनुसार फेसन गर्नुपर्छ भन्ने मान्यता राख्ने उनलाई परम्परागत नेपाली साडी असाध्यै प्रिय पहिरन लाग्छ । मेकअप र ज्वेलरीहरुका समेत सौखिन अर्याल हाल अष्ट्रेलियामा रहँदै आएकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको फेसन वार्ता :

तपाई फेसन ट्रेन्ड किन फलो गर्नुहुन्छ ?
मेरो विचारमा हामीले फेसन ट्रेन्ड फलो गर्नुको एउटै कारण समाज,साथीभाइ र अरुका अगाडि आकर्षण बढाउँन हो । कहिलेकाहीं आफ्नै पार्टनरलाई समेत आकर्षित गर्न फेसन आवश्यक पर्छ ।

तपाई कतिको फेसनप्रति सचेत हुनुहुन्छ ?
म फेसनप्रति पूर्ण रुपमा सचेत र अपडेट छु । म ठाउँ र परिस्थिति अनुसार पहिरन लगाउँन रुचाउँछु । तर म त्यस्तो पहिरन लगाउँन मात्र रुचाउँछु जसले मलाई सहज बनाउँनुको साथै मेरो आत्मविश्वास पनि बढाइदिन्छ ।

तपाईको लागि फेसन महत्वपूर्ण छ कि सौन्दर्य ?
मेरो विचारमा फेसन भन्दा सौन्दर्य नै बढी महत्वपूर्ण छ ।

तपाईले आफ्नो फेसन वा सौन्दर्यको बारेमा कहिल्यै कम्प्लिमेन्टस पाउँनुभएको छ ?
मैले मेरो सौन्दर्यको बारेमा मैले काम गर्ने ठाउँका साथीबाट पाएकी थिएँ ।

style and mate

के तपाई ऐना विना बाँच्न सक्नुहुन्छ ?
हाहाहा.. मेरो लागि त ऐनाविना बाँच्न असम्भव नै छ । किनभने हरेक दिन ऐनामा आफूलाई नियाल्नु मेरो दैनिकी नै बनेको छ ।

तपाई कस्तो पहिरन लगाउँन रुचाउँनुहुन्छ ?
मलाई परम्परागत नेपाली पहिरनहरु मनपर्छ । त्यसमा पनि साडी मेरो प्रिय पहिरन हो । अनि त्यसमा सुहाउँदो ज्वेलरीहरु पनि मिलाएर लगाउँन रुचाउँछु । म मेकअप गर्न पनि सिपालु छु..हाहाहा । तर साथीभाइहरुसँग घुम्न जाँदा चाहिं सामान्यतय स्कर्ट,टप र हाइ बुट लगाउँन मन पराउँछु ।

फेसन सन्तुष्टिका लागि कि आकर्षणका लागि गरिन्छ ?
कुनै कुनै व्यक्तिहरु आफ्नो सन्तुष्टिका लागि फेसन गर्न रुचाउँछन् भने कोहीले चाहिं अरुको आकर्षणका लागि फेसन गर्छन् । तर म आफू राम्री देखिन फेसन र मेकअप गर्न रुचाउँछु ।

तपाईको सौन्दर्यको राज ?
हाहाहा..मेरो सौन्दर्यको कुनै राज नै छैन ।

फेसनमा आफ्नो आम्दानीको कति प्रतिशत खर्च गर्नुहुन्छ ?
विभिन्न लुगा,मेकअप र ज्वेलरीहरु गरेर वर्षमा मैले गर्ने आम्दानीको झण्डै १० प्रतिशत खर्च गर्छु ।

मानौं तपाईले २ हजार डलर लटरीमा जित्नुभयो । त्यो पैसा फेसनमा खर्च गर्नुपर्यो भने कसरी गर्नुहुन्छ ?
यदि त्यसो हुन सक्यो भने म त एकदमै खुशी हुने थिएँ । त्यसमध्ये धेरै पैसा मेकअप र ज्वेलरीका सामाग्री किनेर खर्च गर्थें ।

Comments

comments