विराटनगर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेस आन्दोलनको समस्या समाधानका लागि घनीभूत रुपमा छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज विहाने सञ्चारकर्मीसँगको घेटघाटमा उहाँले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको र आज बेलुकी हुने वार्ता परिणामुखी हुने सम्भावना रहेको जानकारी गराउनुभयो ।

उहाँले संविधान संशोधन विधेयकलाई परिमार्जन गर्नुपर्ने मोर्चाको माग रहेकाले संसद्मा सैद्धान्तिक रुपमा छलफल हुने र संशोधन प्रस्तावको तयारीसमेत गर्न सुझाव दिइएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “संविधान संशोधन विधेयक परिमार्जन गरिएमा र संयन्त्र निर्माण गरी तीन महिनाभित्र सीमाङ्कनको विषयमा मोर्चा सुनिश्चितता गर्न सकिए वार्ता सफल हुनेछ ।” रासस

Comments

comments