मेलबर्न । फेसन टल्कमा यसपटक हामीले सिड्नीमा रहँदै आएकी अञ्जिता रायमाझीसँग कुराकानी गरेका छौं । आकर्षक व्यक्तित्वकी धनी उनले सधैं खुशी रहने र कुनै तनाव नलिने वानीले आफूलाई सधैं सुन्दर बनाइरहेको बताउँछिन् । क्याचुअल पहिरन मनपराउँने उनीसँग गरिएको फेसन सम्बन्धी कुराकानी :

तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ?
जब हामी कुनै फेशनको लुगा वा गरगहना लगाउँछौं तब हामी स्टाइलिस देखिन्छौं । साथै यसबाट हाम्रो व्यक्तित्व पनि झल्किन्छ ।

के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ?
अहँ,म फेसनसँग त्यति सचेत छु जस्तो लाग्दैन । मेरो विचारमा हामीले लगाएको कुनै पनि पहिरनले सहज अनुभव गराउँदछ भने त्यही नै फेसन हो । म सधैं आफूलाई सहज हुने पहिरन मात्र लगाउँछु ।

सुन्दरता र फेसनमा कुन महत्वपूर्ण छ ?
मेरो विचारमा सौन्दर्य नै महत्वपूर्ण छ । किनभने सौन्दर्य नै व्यक्तित्वको पहिचान हो ।

style and mate

तपाईले आफ्नो सुन्दरता र फेशन लिएर सबैभन्दा राम्रो कम्प्लिमेन्टस् कहिले पाउँनुभएको थियो ? तपाईलाई सम्झना छ ?
कहिलेकाहीं मेरा साथीहरुले ओहो कति राम्री देखिएकी भनेर कम्प्लिमेन्ट्स दिने गरेका छन् ।

के तपाई ऐना विना पनि बाँच्न सक्नुहुन्छ ?
शायद सक्दिनँ होला । किनभने मेकअप गर्न ऐना नभई हुँदैन ।

तपाई कस्तो पहिरन लगाउँन रुचाउँनुहुन्छ ?
मलाई क्याजुअल पहिरन मनपर्छ ।

फेसन आत्मसन्तुष्टिका लागि आवश्यक कि अरुको आकर्षणका लागि ?
आफूलाई सहज अनुभव हुने फेसनले आत्मविश्वास पनि बढाउँछ ।

तपाईको सौन्दर्यको राज ?
म सधैं खुशी रहने कोशिस गर्छु । कुनै पनि कुराको तनाव लिन्नँ । शायद यसैले मेरो सौन्दर्य पनि जीवित रहेको होला ।

मानौं तपाईले २० हजार डलर बराबरको शपिङ कुपन जित्नुभयो भने कसरी खर्चनुहुन्छ ?
यदि मैले त्यति पैसा पाएँ भने मलाई आवश्यक लाग्ने महँगा सामानहरु किन्नेछु ।

Comments

comments