फेसन

सौन्दर्य विना फेसनको के अर्थ ? : सुवासना श्रेष्ठ

Suwasa final

मेलबर्न । फेसन टल्कमा यसपटक सुवासना श्रेष्ठसँगको कुराकानी प्रस्तुत गर्दैर्छौ । भक्तपुर स्थायी घर भएकी उनी हाल मेलबर्नमा रहँदै आएकी छिन् । प्रस्तुत छ सुन्दर र आकर्षक व्यक्तित्वकी धनी सुवासनाको फेसन सम्बन्धी केही विचार र धारणा :

तपाई फेसन ट्रेण्ड किन फलो गर्नुहुन्छ ?
म मात्र होइन हामी सबै आफ्नो पहिचान झल्काउँन र आफैंलाई प्रस्तुत गर्न फेसन ट्रेण्ड फलो गर्छौं जस्तो लाग्छ ।

के तपाई आफूलाई फेसनप्रति सजग व्यक्तिको रुपमा लिनुहुन्छ ?
अहँ,म फेसनसँग त्यति सचेत छु जस्तो लाग्दैन ।

सुन्दरता र फेसनमा कुन महत्वपूर्ण छ ?
मेरो विचारमा सौन्दर्य नै महत्वपूर्ण छ । किनभने फेसन भनेको आउँछ,जान्छ । तर सौन्दर्य विना त जुनसुकै फेसनको के अर्थ हुन्छ र ? तर व्यक्तिको स्वभावले सौन्दर्यको मूल्य घटी र बढी भने चाहिं हुनसक्छ ।

style and mate

तपाईले आफ्नो सुन्दरता र फेशन लिएर सबैभन्दा राम्रो कम्प्लिमेन्टस् कहिले पाउँनुभएको थियो ? तपाईलाई सम्झना छ ?
मान्छेहरु अकसर मलाई देखेपछि विभिन्न विशेषणहरु प्रयोग गर्न थाल्छन् । जस्तो स्टनिङ,गर्जियस,प्रिटी आदि । तर त्यो मेरो फेसन सेन्सको तारिफ हो या मेरो सौन्दर्यको भन्नेमा चाहिं म अनविज्ञ छु ।

के तपाई ऐना विना पनि बाँच्न सक्नुहुन्छ ?
हिजोआज त हामीसँग सेल्फी क्यामेराहरु पनि हुने भएकोले काम चलाउँन सकिन्छ । हाहाहा तर ऐना विना नै बाँच्न चाहिं सक्दिनँ ।

तपाई कस्तो पहिरन लगाउँन रुचाउँनुहुन्छ ?
मौसम र कार्यक्रममा भर पर्छ । कुन कार्यक्रममा जाँदैछु अनि कस्तो मौसम छ भन्ने तय भएपछि बल्ल फेसनको कुरा आउँछ । तर सामान्यतय म जिन्स र हाइ हिल जुत्ताहरु लगाउँन बढी रुचाउँछु ।

फेसन आत्मसन्तुष्टिका लागि आवश्यक कि अरुको आकर्षणका लागि ?
मेरो विचारमा फेसनप्रति कन्सस हुनु भनेकै अरुलाई आकर्षण गर्नु हो । अनि आफूलाई सहज अनुभव हुने फेसनले आत्मविश्वास पनि बढाउँछ ।

तपाईको सौन्दर्यको राज ?
तपाईले मेरो सौन्दर्य राजको बारेमा यति धेरै कुराहरु सोधिसक्नुभएको छ । यसदेखि बाहेक अरु कुनै रहस्य छैन । जे छ सबै प्रकृतिले दिएको वरदान हो ।

मानौं तपाईले २० हजार डलर बराबरको शपिङ कुपन जित्नुभयो भने कसरी खर्चनुहुन्छ ?
म त्यस्तो कल्पना नै गर्न चाहन्नँ । यदि मैले त्यति पैसा पाएँ भने कसरी खर्च गर्ने भनेर कुनै आइडिया नै छैन । शायद केही लुगा र गरगहनाहरु किन्छु होला ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top