हिजो आज महिलामाथि दुव्र्यवहारका घट्नामा निकै वृद्धि भएको छ । कतिपय महिलाले त उचित न्याय पनि नपाइरहेको अवस्था पनि छ । तर कुनै कुनै घट्नामा भने महिलाले नै गलत फाइदा उठाउँने गरेका छन् ।

हालै यस्तै घट्ना भएको छ,हलिवडमा । हलिवड अभिनेता गेरार्ड बटलरकी पूर्व प्रेमिका मोडल एलेशिया रियाबेन्कोवाले एक फोटोग्राफरमाथि बलात्कारको आरोप लगाएकी छिन् । तर अचम्मको कुरा त के छ भने उनले गर्भवती भएको केही महिनापछि मात्र ती फोटोग्राफरले आफूमाथि बलात्कार गरेको संगीन आरोप लगाएकी हुन् । जब उनले उक्त वच्चालाई जन्म दिएर डिएनए परीक्षण गराइन् तब उनको आरोप झुटो सावित भयो । यसले गर्दा अरुको नजरमा उनी आफैं तल खसिन् ।

यसबाट पुरुषहरुमाथि महिलाहरुले कसरी दुव्र्यवहार गर्छन् र कतिपय अवस्थामा फसाइन्छन् भन्ने नसिहत पनि बनेको छ ।

Comments

comments